एपीएफले खुमलटारलाई २–० गोल अन्तरले हरायाे
नेपालखोज
२०८० वैशाख ११ गते १८:४६

काठमाडाैं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफले सहज जित निकालेको छ । १२औं चरणको पहिलो खेलमा एपीएफले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै एपीएफले १२ खेलमा १७ अंक जोडेको छ । एपीएफ पाँचौं स्थानमा उक्लिएको छ । खुमलटार १२ खेलमा १३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया