अग्रता फराकिलो बनाउँदै उपेन्द्र यादव
नेपालखोज
२०८० वैशाख १२ गते ८:००

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले अग्रता फराकिलो बनाउँदै लगेका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार यादवले ९९७९ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६७८७ मत पाएका छन् । उनीहरु बीचको मतान्तर ३१९२ रहेको छ ।
नेकपा एमालेका पुरुषोत्तम पौडलले ३७९२ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १३०९ मत पाएका छन् ।
तनहुँ १ मा जित निकालेको रास्वपाले चितवन २ मा अस्वभाविक अग्रता लिदै गर्दा बारा २ मा भने चौथो दलमा खुम्चिएको छ ।
सम्बन्धित
प्रतिक्रिया