मृगौलाको पत्थरी हुँदा के खाने ?

खनिज तत्व र नुन आदिबाट मृगौलामा बनेकोे ढुङ्गा जस्ताे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ। हुनत मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमीका ती सबै कारक तत्वहरू मध्ये मूख्य मानिएको छ । यसर्थ मृगौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व छ । विशेषत: यो रोग केहि हदसम्म बंसानुगत भए पनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो । रोग निरोध गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागि सके पछि पथ-पहरेज मा बस्नाले यो रोग ठिक हुन्छ ।
के खाने ?
१ . प्रसस्त पानी : पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरि छ । धेरै पानी पिउँदा पिसापको मात्रा पनि बडने हुंदा एस ले मृगौला मा बनेको पथ्थरलाईं बगाई लान मद्दत गर्छ ।
२ . नरिवल पानी : पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ ।
३. हरियो मकैको चीया : यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउँछ । यसका अलाबा यो चीयामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यस चीयामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ ।
४ . जौ को मांड : जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्छ ।
५ . भुई-कटहरको रस : भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन् । यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ ।
६ . पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी -६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिँदैन ।
७ . बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन । ८ . कागती: कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिँदैन ।
९ . गहतको झोल: गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ ।
१० . करेला: करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ ।
११. गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ ।
डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया