मनाङलाई हराउँदै पुलिस विजयी

नेपालखोज २०८० वैशाख १२ गते १८:०२

काठमाडाैं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब पराजित भएको छ । अंक तालिकाको आठौं स्थानमा रहेको मनाङ तालिकाको पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबसँग पराजित भएकाे हाे ।

मनाङ पुलिससँग १–० गोल अन्तरले पराजित भएको हो । मनाङको यो पाँचौं हार हो । मनाङ पराजित भए पनि १५ अंकका साथ आठौं स्थानमा रहँदा पुलिस ९ अंक जोडेर अझै पुछारमा रहेको छ ।

प्रतिक्रिया