एसीसी प्रिमियर कप : कतारको लगातार तेस्रो हार

नेपालखोज २०८० वैशाख १२ गते १८:३४

काठमाडाैं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा मलेसियाले कतारलाई तीन विकेटले पराजित गरेको छ ।

मलेसियाले कतारविरुद्ध रोमाञ्चक जित निकालेको हो । तर यी दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् । २१६ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.१ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । 

समूह ‘ए’ बाट मलेसियाले चार खेलबाट दुई खेलमा जित र दुई खेलमा हारसहित चार अंक बनायो । यता, कतारले भने  यो लगातार तेस्रो हार ब्यहोरेको हो । अब कतारले आफ्नो अन्तिम खेलमा बिहीबार नेपालसँग खेल्दैछ । 

यो समूहबाट नेपाल यसअघि नै पाँच अंक बनाएर सेमिफाइनलमा पुगिसकेको छ । आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई पराजित गरे समूह विजेता बन्नेछ । साउदी अरब र ओमानबीचको खेल भोलि (बुधबार) टीयू क्रिकेट मैदानमा हुँदैछ । यी दुई टिमबीचको विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया