शिवचन्द्रले उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै

नेपालखोज २०८० वैशाख १२ गते १८:५१

काठमाडौं । बारा २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लाे मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।

दिनभर ५ हजारले अग्रता लिएका यादवसँग कुशवाहाले २ हजार मतान्तर घटाएका छन्। पछिल्लो परिणाम अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाएका छन् । जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन् । उनीहरु बीच ३ हजार ३ सय ५० भएको छ ।

एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार २६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।

प्रतिक्रिया