आइतबार, जेठ २६, २०८२

एमाले केन्द्रीय कमिटी बैठक झापा बस्ने

नेपालखोज २०८० वैशाख १२ गते १९:५३

नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिए ।

एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो । उक्त पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो ।

उक्त अभियान यही वैशाख १० गते सकिएको छ । सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ । रासस

प्रतिक्रिया