आज विश्व बौद्धिक सम्पत्ति दिवस
नेपालखोज
२०८० वैशाख १३ गते ७:४५

काठमाडौं । ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र सृजनशीलताको बढवा’ नाराका साथ आज २६ अप्रिलका दिन विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ।
विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा सघाउ पुर्याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइँदै आएको छ ।
विपोको बौद्धिक सम्पत्ति सम्बद्ध विश्वका आविष्कारक, नव प्रवर्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति छ। नेपाल विपोको सदस्य राष्ट्र हो ।
सम्बन्धित
प्रतिक्रिया