यसरी नासिन्छ जंगल

काठमाडाैं । सरकारले सडक निर्माण लगायत अनेकौं बहानामा लगातार हजारौं हेक्टर वन क्षेत्र अन्य प्रयोगमा ल्याउन स्वीकृति दिँदै आएको छ । यसरि निर्माण गरिएको वन क्षेत्रलाई एकीकृत रुपमा हेर्दा त्यहाँ ठूलै नयाँ शहरहरू बस्न सक्ने देखिन्छ । सरकारले वन क्षेत्रलाई विभिन्न गैर वन प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिनेक्रम रोकेको छैन जसले गर्दा देसमा वन क्षेत्र घटनेक्रम निरन्तर छ ।
जंगलको सट्टा सडक सरकारले सबैभन्दा बढी सडक बनाउन वनको अतिक्रमण गर्दै आएको छ । पर्यावरण विरुद्ध खानीजन्य गतिबिधि खानीजन्य गतिविधि वन घट्नुको अर्को ठूलो कारण हो । सिंचाईको नाममा विभिन्न सिँचाइ आयोजनाहरु पनि वन क्षेत्र संकुचित हुने कारण हुन । विद्युतीकरण विद्युतीय तार बिछ्याउन पनि वन नास्ने काम हुँदै आएको छ । सेनालाई पनि वन विभिन्न रक्षा परियोजनाका लागि सेनाले पनि वनको जमिन प्रयोग गर्न अनुमति लिने गरेको छ ।
वनको अनौठो परिभाषा नेपालमा वन अतिक्रमण गर्ने चलन बढि नै छ र त्यसले राजनितिक समर्थन समेत पाउँदै आएको छ । मानिस नै जंगलमा पसेर बस्ने अनि त्यहाँ राज्यका सुबिधाहरु खोज्ने र उल्टै जंगलका कारण हामिले दुख पायौं भन्ने चलन पनि यहिँ छ । लिजमा दिने चलन बिगतमा सरकारले निजि क्षेत्रलाई केबलकार, रिसोर्ट आदि अनेक बहानामा वन लिजमा दिने गरेको छ । यसले वन क्षेत्र बढनुको साटो संकुचित तथा अतिक्रमित हुने काम बढि भएको देखिन्छ ।

प्रतिक्रिया