आज मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस
नेपालखोज
२०८० वैशाख १३ गते ८:०३

काठमाडौं । आज २४औँ मनमोहन स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । सोही स्मृतिमा नेकपा एमाले र मातहतका संगठनले अधिकारीको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको नेतृत्वमा एमालेले वि.सं. २०५१ मा नौ महिना सरकार चलाएको थियो ।
अधिकारी प्रधामन्त्री बनेका बेला ‘आफ्नो गाउँ आफैँ बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषका नाममा संयुक्त रजिष्ट्रेसन पासलगायत लोकप्रिय कार्यक्रमको सुरुवात गरेका थिए ।
उनको सरकारले २०५२/०५३ देखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया