आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिग : हिमालयनले शीर्ष स्थानको जावलाखेल हरायाे

नेपालखोज २०८० वैशाख १३ गते २०:२६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेललाई हिमालयन शेर्पा क्लबले २-१ गोल अन्तरले हराएको हो ।

हिमालयनको यो तेस्रो जित हो । हिमालयन १२ खेलमा १३ अंक जोडेर १२ औं स्थानमा रहेको छ । जावलाखेलको यो तेस्रो हार हो । जावलाखेल १२ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया