नवीकरण नगर्ने ३३ निर्माण व्यवसायीहरूको इजाजत पत्र खारेज

नेपालखोज २०८० वैशाख १४ गते ९:१२

काठमाडौं । समयमै नवीकरण नगर्ने ३३ निर्माण व्यवसायीहरूको इजाजत पत्र खारेज भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका ती कम्पनीहरूको इजाजत पत्र सरकारले खारेज गरेको हो ।

आर्थिक वर्ष २०७९/८० का लागि गत चैत्र मसान्तभित्र इजाजत पत्र नवीकरण गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरे पनि नवीकरण नगरेकाले इजाजत पत्र खारेज गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया