राष्ट्रियसभा बैठक सर्यो
नेपालखोज
२०८० वैशाख १४ गते १२:५५

काठमाडौं । राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ ।
आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेकाे सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया