आइतबार, जेठ ६, २०८१

फ्रेन्ड्स र एपीएफ बराबरी खेले

नेपालखोज २०८० वैशाख १४ गते १८:५१

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहिबार सम्पन्न खेलमा एपीएफ फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाडेको छ। विभागीय क्लव एपीएफले सुरूवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा खेलको २७ औं मिनेटमा प्रदिप लामाले एपिएफलाई अग्रता दिलाएका थिए । प्रदिपले कप्तान नविनलामा दिएको पासमा पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफको एक गोलको अग्रतालाई एपीएफले दोस्रो हाफमा जोगाउन सकेन । खेलको ५२ औं मिनेटमा फ्रेन्डसले बराबरी गोल गर्यो। फ्रेन्डसका रफिक अमिनुले गोल गरे । उनले टोरिक जेब्रिनको लामो पासलाई पोस्टको दिशा दिॅंदै गोल गर्न सफल रहे ।

यस नजितासँगै १३ खेलमा १८ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ । फ्रेन्ड्स समान खेलबाट १५ अंकका साथ १० औं स्थानमा छ ।

प्रतिक्रिया