के यात्रा गर्दा वाकवाकी लाग्छ ?

नेपालखोज २०८० वैशाख १५ गते ७:००

हामी सबैलाई कार वा बसको लामो यात्रामा जान मन लाग्छ, तर त्यस्तो यात्रामा धेरैले एउटा साझा समस्या बेहोरिरहेका हुन्छन् । कार, ​​बस वा अन्य सवारी साधनमा यात्रा गर्दा ठूलो संख्याका मानिसलाई वान्ता हुने, चक्कर लाग्ने वा बेचैनी महसुस हुने हुन्छ । यो समस्यालाई मोशन सिकनेस भनिन्छ । मोशन सिकनेस भए कुनै पनि व्यक्तिलाई यात्रा सम्पन्न गर्न गाह्रो हुन्छ ।

मोशन सिकनेस के हो ?

मोशनको अर्थ गति र सिकनेसको अर्थ गति हो अर्थात यो गतिरोग हो। मोशन सिकनेसका कारण मानिसहरूलाई यात्राका क्रममा बान्ता वा वाकवाकी जस्तो महसुस हुन्छ । पहाडी क्षेत्रमा यात्रा गर्दा यो समस्या अझ बढी देखापर्छ ।

गाडीमा हिडदा किन बान्ता हुन्छ ?

मोशन सिकनेस कुनै रोग होइन, यो मनको अवस्था हो । हाम्रो मस्तिष्कले कान, नाक र छालाबाट विभिन्न प्रकारका संकेतहरू प्राप्त गर्छ । यस्तो अवस्थामा हाम्रो शरीर चलिरहेको छ वा आराममा छ भन्ने हाम्रो दिमागले बुझ्दैन । यस्तो अवस्थामा सेन्ट्रल नर्भस सिस्टम गडबड हुन्छ र पेटमा असुविधा हुन थाल्छ । यसलाई मोशन सिकनेस भनिन्छ । मोशन सिकनेस सामान्यतया वृद्ध ( वृद्धा, गर्भवती महिला तथा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूमा सामान्य हुन्छ । माइग्रेनको समस्या भएका मानिसहरूमा पनि यो सामान्य हुन्छ । यो आनुवंशिक पनि हुन सक्छ। गाडी रोकिएपछि वा गाडिबाट ओर्लिएपछि यो समस्या आँफै हट्छ ।

यी सुझावहरू पालना गर्नुहोस् :

१ कागती, चिसो पेय, अदुवा वा पुदिना सेवन गर्न सकिन्छ ।

२ ल्वाङलाइ भुटेर पिस्ने अनि बान्ता लाग्ला जस्तो भए चिनी वा बिरे नुन मिसाएर खाने ।

३ यात्रा अघि धेरै वा कोचेर खाना नखाने ।

४ पछाडिको सिटमा नबस्ने ।

५ यात्राका क्रममा वरपरको वातावरण हेर्ने । स्मार्टफोनमा टाँसिने काम नगर्ने ।

६ यदि झ्याल खोलेर ताजा हावा लिने हो भने पनि केही सहज वा राहत महसुस गर्न सकिन्छ ।

प्रतिक्रिया