डेंगु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध

नेपालखोज २०८० वैशाख १५ गते ६:०१

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

‘डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ’, मन्त्रालयले भनेको छ ।

गत वर्षको डेंगु संक्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा . समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया