आइतबार, जेठ ६, २०८१

आज र भाेलि नेपाल डान्स फेस्ट हुँदै

नेपालखोज २०८० वैशाख १५ गते ६:३९

काठमाडाैं । आज वैशाख १५ र भोली १६ गते विशालबजारको रूफटपस्थित बेन्टो लाउन्ज एण्ड बारमा नेपाल डान्स फेस्ट संचालन हुँदैछ । इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्स् तथा बेली डान्स नेपालको आयोजानामा हुन लागेको फेस्टिभलमा नृत्य क्षेत्रका विभिन्न कलाकारहरूको सहभागिता रहनेछ । 

नेपालमा पहिलो पटक संचालन हुन लागेको यस्तो किसिमको फेस्टिभलमा ३२ घण्टा वर्कसप, फरक शैलीका २५ भन्दा बढी डान्सका प्रस्तुति तथा विभिन्न शोहरु प्रस्तुत हुनेछन । आफ्टर पार्टी भने अन्तिम दिन क्लब प्लाटिनममा हुनेछ । यो फेस्टिभलमा डान्स आर्टिस्टलगायत सर्वसाधारण समेत सहभागी हुन सक्नेछन् ।

फेस्टिभलमा सहभागी हुन ५ सयदेखि १ हजार सम्मका टिकट उपलब्ध छन् । नेपालका डान्स आर्टिस्टहरूलाई एकै ठाउँ जोड्न यो फेस्टिभलको आयोजना गरिएको इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्ट्सकि संस्थापक निर्देशक निशिला शाक्यले बताइन् ।

प्रतिक्रिया