आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै

नेपालखोज २०८० वैशाख १५ गते ७:१९

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । लिगको १३औं चरण अन्तर्गत आज दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

यस्तै, एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतिक्रिया