शुक्रबार, जेठ ४, २०८१

विराटनगर विमानस्थल खुलाउने तयारी, आजबाट सफा गरिदै

नेपालखोज २०७८ कार्तिक ५ गते ९:३८

काठमाडौं । विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी भएको छ । बाढीका कारण जलमग्न भएपछि विमानस्थल बन्द गरिएको थियो ।

आजबाट विमानस्थल सफा गर्ने र सम्भव भएसम्म भोलीबाट खुल्ला गर्ने तयारी भएको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए ।

विराटनगर विमानस्थल बन्द भएपछि झापाको भद्रपुर विमानस्थलमा यात्रुको चाप बढेको छ । विमान कम्पनीले पनि भद्रपुरमा उडान थपेका छन् ।

अब विमानस्थल सफा गरेर पुनः पानी नजमे भोलिदेखि हवाई सेवा सुरु गर्ने विमानस्थल कार्यालयको तयारी छ । विमानस्थलमा फसेका दुई वटा विमान भने सुरक्षा जाँच पछि हिजै काठमाडौं फर्काइएको छ ।

प्रतिक्रिया