आइतबार, जेठ ६, २०८१

मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने

नेपालखोज २०८० वैशाख १५ गते १०:१५

काठमाडौं । मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हुनेछ । २०२० मा टियु मैदानले ओडिआई मान्यता पाएको थियो ।

माथिल्लो मुलपानी क्यानले २००८ मा एकेडेमी संचालनको लागि निर्माण सुरुवात गरेको थियो । तर पछि मैदान अभावपछि नेपालले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यसै प्रतियोगितामा सिंगापुर र हङकङबीच मुलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो ।

त्यसपछि समूह चरणका १० खेल मध्य ९ खेल मुलपानीमा सम्पन्न भएका छन् । नेपाल र साउदी अरेवियाबीचको खेल भने वर्षाको कारण टस समेत हुन सकेको थिएन । मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औं मैदान बन्नेछ । विश्वमा सर्वाधिक धेरै भारतमा ५० ओडिआई मान्यता पाएका क्रिकेट मैदान छन् ।

नेपाल र कुवेतबीचको सेमिफाइनल शनिबार टियु मैदानमा हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ । यस प्रतियोगिता विजेताले समूह ए मा रहेका घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।

प्रतियोगिता शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसिसी इमर्जिङ टिम्स एसिया कपमा भने टेस्ट टोलीका यू२३ टोलीले खेल्ने छन् ।

प्रतिक्रिया