नेप्से समिक्षा : सातामा चार अर्ब पाँच करोडको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से १८ सय ८९ दशमलव ७५ अंकमा कायम भएको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६१ दशमलव शुन्य नौं अंकमा कायम भएको छ ।
दुुई सय ७० वटा कम्पनीहरुको एक लाख ३७ हजार छ सय ७४ पटकको कारोबारमा एक करोड २४ लाख ४१ हजार आठ सय १६ कित्ता शेयर किनबेच हुँदा यो साता कुल कारोबार रकम चार अर्ब पाँच करोड २१ लाख २१ हजार एक सय ६७ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो ।
गत साता भने दुुई सय ७३ वटा कम्पनीहरुको एक लाख ३१ हजार सात सय ८३ पटकको कारोबारमा एक करोड ४९ लाख ६५ हजार आठ सय ९७ कित्ता शेयर किनबेच भएकोमा कारोबार रकम चार अर्ब ६२ करोड छ लाख ३४ हजार दुई सय १० रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेकोमा पहिलो, चौंथो र पाँचौं दिन घटेको नेप्से दोस्रो र तेस्रो दिन भने बढेको थियो ।
सो अनुसार पहिलो दिन १८ दशमलव ८० अंकले घटेर १८ सय ८५ दशमलव ६० अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन दुई दशमलव २५ अंकले घटेर १८ सय ८९ दशमलव ७५ अंकमा सिमित भएको थियो । यसैगरी पहिलो दिन चार अंकले घटेर तीन सय ५९ दशमलव १३ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन शुन्य दशमलव ४६ अंकले घटेर तीन सय ६१ दशमलव शुन्य नौं अंकमा सिमित भएको थियो ।
यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया