एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट अब सिधै आइएमई पेमा लोड
नेपालखोज
२०८० वैशाख १५ गते १४:३६

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।
आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।
ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्ेश्यका साथ सो सुबिधा सुरु गरिएको बैंकले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया