आइतबार, जेठ २६, २०८२

‘नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्छ’

नेपालखोज २०८० वैशाख १५ गते १४:५२

काठमाडाैं । सांसद सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेकी छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वैदेशिक हस्तक्षेप रोक्ने कंक्रिट प्रस्ताव भन्दै नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने बताएकी हुन् । 

यसले नेपालको विदेश नीतिमा दलीय एकमत रहेको मित्रराष्ट्रहरूले पनि अनुभूति गर्ने भन्दै उनले भ्रमणपछि भ्रमणमा के के भए भन्ने विषय पनि सदनलाई जानकारी गराउनुपर्ने बताइन् ।

प्रतिक्रिया