आइतबार, जेठ २६, २०८२

‘राजश्वले चालु खर्च धान्न समेत नसकेकाे अवस्थामा राष्ट्रपति उपचारका लागि भारत जानु अस्वभाविक’

नेपालखोज २०८० वैशाख १५ गते १५:५३

काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि भारत गएको विषयमा प्रश्न उठाए छन् । उनले राष्ट्रपति उपचारका लागि भारत जानु अस्वभाविक भएको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले साे कुरा बताएका हुन् । अहिले राजश्वले चालु खर्च समेत धान्न नसकेको भन्दै उनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमुना हो ।’

प्रतिक्रिया