सोमबार, असार २३, २०८२

१०३ जनामा संक्रमण पुष्टी हुँदा ५३ जना डिस्चार्ज

नेपालखोज २०८० वैशाख १५ गते १७:३२

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा १०३ जनामा कोभिड-१९ संक्रमण पुष्टी भएकाे छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १ सय ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गरिएको थियो । साेही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५३ जना डिस्चार्ज भएका छन् ।

५४ हजार ३१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमित ३७५ जना छन् ।

प्रतिक्रिया