आइतबार, जेठ २६, २०८२

मुख्यमन्त्री शर्मा चार महिनामा तेस्रोपटक लिए विश्वासको मत

नेपालखोज २०८० वैशाख १५ गते १८:०३

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना तेस्रोपटक विश्वासको मत लिएका छन् ।

शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

प्रतिक्रिया