बुधबार, वैशाख १२, २०८१

सकियाे नेपाल बिमक संघकाे अभिमुखीकरण कार्यक्रम

नेपालखोज २०८० वैशाख १५ गते १८:२४

काठमाडौं । नेपाल बिमक संघले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संघले डिनन् इन्स्योरेन्स ब्रोकर एलएलसीको संयुक्त आयोजनामा एभरेष्ट होटेल नयांवानेश्वर काठमाण्डौंमा बुधबार हवाई विमा सम्बन्धि एक दिवसिय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको जानकारी दिएको छ ।

नेपाल विमक संघको तत्वावधानमा संचालित उक्त कार्यक्रममा नेपाल विमा प्राधिकरण, निर्जिवन विमा कम्पनी, पुर्नस्विमा कम्पनी तथा ईन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि. का प्रतिनिधिहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।

साथै सहभागिहरुले उक्त कार्यक्रम उपलब्धिमुलक रहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्नको लागि नेपाल विमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई सुझाव तथा आग्रह गरेका थिए ।

प्रतिक्रिया