आइतबार, जेठ ६, २०८१

जोर्डनमाथि नेपालको सानदार जित

नेपालखोज २०८० वैशाख १५ गते २१:१५

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि सानदार जित निकालेको छ ।

समूह चरणको दोस्रो तथा अन्तिम खेल घरेलु टोली जोर्डनलाई ४-१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ ।

तर नेपाललाई अघिल्लो चरणमा पुग्न अब हुने खेल जोर्डनले जित्नु पर्छ । त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरण पुग्ने छैन ।

यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया