आइतबार, जेठ ६, २०८१

‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

नेपालखोज २०८० वैशाख १६ गते ५:४२

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) तीन खेलहरु हुँदैछन् । लिगको १३औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यस्तै रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

त्यसैगरी, च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतिक्रिया