बुधबार, वैशाख १९, २०८१

हिलारीको एक्लो प्रयासमा बनेको लुक्ला विमानस्थल

नेपालखोज २०८० वैशाख १६ गते ६:०२

काठमाडाैं । वि.सं. २०२१ सालमा प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीको निगरानी र चाहनामा यो विमानस्थल बनाउन थालिएको हो । त्यतिबेला खेतीयोग्य जमिनलाई विमानस्थलको लागी रोज्दा निकै कठिनाई भोग्नु परेको थियो । त्यहाँका स्थानिय शेर्पाहरुलाई २६५० डलर अर्थात त्यतिबेलाको नेपाली रुपैया २०००० खर्चेर जग्गा किनेका थिए । साथै तिनै शेर्पालाई जग्गा सम्याउन र अन्य कामको लागी लगाएका थिए ।

जमिन सम्याउनको लागी पनि अन्य कुनै उपाय नभेटे पछि हिलारीले स्थानियसंग नै रक्सी मनग्गे किनेर शेर्पाहरुलाई रक्सी खुलाउदै शेर्पाहरुको खुट्टा थपथपाउदै नाच्ने नाच (Circle Dance) नचाउदै जमिन सम्याएका थिए । निकै मेहनतका साथ बनाइएको यो विमानस्थल पछि यो क्षेत्रको पर्यटन बिकासको लागी निकै महत्वपूर्ण सावित भयो ।

हिलारीको योगदानको कदर गर्दै नेपाल सरकारले हिलारी विमानस्थल राख्न चाहे पनि हिलारीकै अनुरोधमा तेन्जिङको नाम आफूसँग अलग्गिन नसक्ने भन्दै २०६४ पौष १७ गते देखी यस विमानस्थलको नाम नै तेन्जिङ हिलारी विमानस्थल राखियो ।

विश्वको सबैभन्दा डरलाग्दो विमानस्थलका रुपमा परिचित लुक्ला विमानस्थल समुन्द्री सतहबाट ९३८३ फुट उचाइमा रहेको छ । केवल १७२९ फुट लम्बाइ रहेको यस विमानस्थल सबैभन्दा छोटोे विमानस्थलमा पनि पर्दछ । तस्विरमा २०२१ सालमा निर्मित लुक्ला विमानस्थलको अवस्था ।

प्रतिक्रिया