सोमबार, वैशाख २४, २०८१

स्व. झलकमान गन्धर्वको जन्मजयन्ती आज

नेपालखोज २०८० वैशाख १६ गते ६:११

काठमाडौं । आज लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्ती हो । यस अवसरमा पोखरामा सारङ्गी वादन प्रतियोगिता हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र तथा झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा झलकमान गन्धर्व राष्ट्रिय सारङ्गी वादन प्रतियोगिता हुन लागेको हो ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, सारङ्गी संरक्षण हाम्रो अभियान’ नारासहित आज वैशाख १६ गते शनिबार प्रतियोगिता संचालन हुने केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले जानकारी दिएका छन् । प्रतियोगितालाई सारङ्गी सम्मेलनका रुपमा पनि लिइएको छ ।

पोखरा महानगरपालिका सामाजिक विकास माहाशाखाले कार्यक्रमलाई सघाएको छ । निःशुल्क प्रवेश पाइने यो प्रतियोगितामा भाग लिन ५० जनाभन्दा बढिले नाम टिपाएका छन् । गन्धर्व समुदाय बाहिरकाले पनि यो प्रतियोगितामा भाग लिन पाउने केन्द्रका संरक्षक बलराम गायकले बताए ।

प्रतिक्रिया