शनिबार, फागुन १९, २०८०

स्वच्छ ऊर्जामा जोड तर जीवाष्मा इन्धनमा कुनै सहमति भएन

नेपालखोज २०८० भदौ २७ गते ६:१५

काठमाडाैं । जी २० घोषणामा जलवायु परिवर्तनको उल्लेख गरिएको छ भने नेताहरूले कोइलाबाट चल्ने शक्तिलाई चरणबद्ध रुपमा कम गर्ने प्रयासलाई तीव्र पार्नु पर्ने आवश्यकतामा जोड दिएका छन् । यद्यपि जी २० ले तेल र ग्याँस सहित सबै प्रदूषित जीवाश्म ईन्धनहरू चरणबद्ध रुपमा बन्द गर्ने कुरामा चाहिँ कुनै प्रतिबद्धता जाहेर गरेको छैन ।

जी २०, जसले विश्वको कुल गार्हस्थ उत्पादनको ८५ प्रतिशत हिस्सा ओगटेको छ र ८० प्रतिशत उत्सर्जनका लागि जिम्मेवार छ, यसले २०३० सम्ममा विश्वव्यापी रूपमा नवीकरणीय ऊर्जा क्षमतालाई तीन गुणा बढाउने प्रयास गर्ने बताएको छ। यसले के पनि भनेको छ भने उसले २००९ मा पिट्सबर्गमा अपशिष्ट जीवाश्म ईन्धन सब्सिडीहरू हटाउने र तर्कसंगत बनाउने आफ्नो वाचा पूरा गर्नेछ।

भारतका जी २० शेर्पा अमिताभ कान्जी यसलाई जलवायु कार्यमा सबैभन्दा जीवन्त, गतिशील र महत्वाकांक्षी दस्तावेज भनेका छन् जबकि अधिकांश जलवायु तथा ऊर्जा विज्ञहरू त्यति उत्साहित देखिँदैनन्। यद्यपि, तिनीहरू सहमत छन् कि जी २० का नेताहरूले जलवायुमा कडा सन्देश दिएका छन् र कारबाही गर्न आह्वान गरेका छन्। जी २० को घोषणापत्र जीवाश्म ईन्धनलाई चरणबद्ध रुपमा समाप्त गर्ने प्रतिबद्धता व्यक्त गर्न असफल भयो, जसलाई संयुक्त राष्ट्र संघले जलवायु प्रगतिको विश्वव्यापी स्टकटेकिंग रिपोर्टमा शुद्ध शून्य लक्ष्यमा पुग्न ‘आवश्यक’ भनेर वर्णन गरेको छ। शिखर सम्मेलन अघि जी २० जलवायु मन्त्रीहरूको पछिल्लो बैठकमा पनि असहमति देखिएको थियो।

यो वर्षको अन्त्यमा दुबईमा कोप २८ (COP28 )शिखर सम्मेलनमा भेला हुँदा एटा महत्वाकांक्षी जलवायु सम्झौताका लागि चरण सेट गर्दै यो घोषणाले वार्तालाई महत्त्वपूर्ण रूपमा अगाडि बढाउने विश्वव्यापी नेताहरू तथा जलवायु विज्ञहरू बताउँछन् । क्लाइमेट एक्शन नेटवर्क इन्टरनेशनलका हरजीत सिंहका अनुसार – नविकरणीय ऊर्जा लक्ष्यहरूप्रति जी २० को प्रतिबद्धता प्रशंसनीय छ, यद्यपि यसले मूल कारणलाई पन्छाउँछ, जुन जीवाश्म ईन्धनमा विश्वव्यापी निर्भरता हो ।

यो बैठकमा जी २० समूहका नेताहरूले प्रदूषित जीवाश्म ईन्धनहरू लई चरणबद्ध रुपमा समाप्त गर्ने प्रतिबद्धता जनाउन सकेनन्, जुन एक दिन अघि संयुक्त राष्ट्र संघले शुद्ध शून्य लक्ष्य हासिल गर्न आवश्यक मानेको थियो। यो समूहका सदस्य राष्ट्रहरूमा प्रतिव्यक्ति उत्सर्जन घटाउन सफल भएका १२ देश छन् । जसमा बेलायत, जर्मनी र अमेरिका पर्छन्। यद्यपि, अन्य देशहरूले त्यसो गर्न सकेनन्, जसमा यस पटक जी २० को आयोजक भारत, इन्डोनेसिया र चीन लगायतका देस छन्। यी देशको कार्बन उत्सर्जन घट्नुको सट्टा बढेको छ ।

इन्डोनेसियाले गत वर्ष धनी देशहरूबाट कोइलाको सट्टा अन्य इन्धन प्रयोग गर्न करोडौं डलर सहयोग पनि पाएको थियो तर सन् २०१५ को तुलनामा उसको प्रतिव्यक्ति उत्सर्जन ५६ प्रतिशतले बढेको छ। यो जी २० मा धेरै कुराहरू पहिलो पटक भएका छन् – मुम्बई स्थित जलवायु थिंक ट्याङ्क इ ३ जी (E3G ) कि ऊर्जा विश्लेषक मधुरा जोशी भन्छिन् । उनका अनुसार – यद्यपि, जी २० जीवाश्म ईन्धनलाई चरणबद्ध रुपमा समाप्त गर्ने कुरामा सहमत हुन नसक्नु निराशाजनक छ। जोशी भन्छिन – हामीले नवीकरणीय ऊर्जा बढाउन र जीवाश्म ईन्धन घटाउन सँगै काम गर्न आवश्यक छ। हामीलाई नेताहरूबाट बलियो र साहसी कार्य चाहिन्छ। अब सबैको नजर कोप२८ (COP28 ) मा छ ।

के नेताहरू त्यहाँ केही गर्न सक्षम हुनेछन् ? कार्बन उत्सर्जनमा पनि सहयोग नयाँ दिल्ली घोषणापत्रमा सदस्य राष्ट्रहरूले वातावरण, जलवायु परिवर्तन र विकास जस्ता मुद्दाहरूमा सहमति देखाउँदै आफ्ना लक्ष्यहरू हासिल गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। घोषणापत्रमा वातावरणीय संकटका बारेमा पनि उल्लेख गरिएको छ र त्यसलाई सामना गर्ने उपाय पनि उल्लेख छ । जलवायु परिवर्तनका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न विशेष कार्ययोजनाको वकालत गरिएको छ ।

जलवायु परिवर्तनबाट विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित भएकोमा जी २० सदस्य राष्ट्रहरूबीच सहमति भएको छ । घोषणापत्रमा पेरिस सम्झौतामा केन्द्रित भएर त्यस दिशामा तीव्र गतिमा काम गर्न जोड दिइएको छ । यति मात्र होइन जी २० नेताहरूले कम कार्बन उत्सर्जनतर्फ संक्रमणका लागि विकासशील देशहरूलाई समर्थन आवश्यक रहेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया