आइतबार, जेठ ६, २०८१

एसीसी प्रिमियर कप : नेपाल र कुवेत भिड्दै

नेपालखोज २०८० वैशाख १६ गते ६:१८

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा हुनेछ । त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ । 

प्रतिक्रिया