बिहीबार, चैत १५, २०८०

हिटलरको जन्मघर मानव अधिकार तालिम केन्द्रमा परिणत हुने

नेपालखोज २०८० जेठ १२ गते ८:४५

काठमाडाैं । क्रूर शासक भनेर चिनिएका एडोल्फ हिटलरको अस्ट्रियास्थित जन्मघर मानव अधिकार तालिम केन्द्रमा परिणत हुने भएको छ। अस्ट्रियाको गृह मन्त्रालयले यस्तो घोषणा गरेको हो । ब्राउनाम एम इनको उत्तरपश्चिमी सहरमा रहेको भवनमा प्रहरी कार्यालयसहितको सुविधा हुनेछ। सन् २०१९ मै अस्ट्रियाली सरकारले यसको योजनाबारे खुलासा गरेको थियो।

मन्त्रालयका अनुसार यो निर्णय एक अन्तः विषय विशेषज्ञ आयोगको सिफारिसका आधारमा गरिएको थियो, जुन चरमपन्थी गुटलाई ऐतिहासिक सम्पत्तिबाट वञ्चित गर्नेसँग सम्बन्धित थियो ।

‘हामीले हाम्रो विगतको सामना गर्दै यो ऐतिहासिक रुपमा बोझ भएको स्थानलाई जीवनको पुष्टि गर्ने दृष्टिकोण दिनुपर्छ,’ भियना विश्वविद्यालयको समकाली इतिहास संस्थानका प्राध्यापक इतिहासक ओलिभर रथकोल्बले भने ।

सन् १८८९ अप्रिल २० तारिखमा उक्त भवनको एउटा अपार्टमेन्ट हिटलरको जन्म भएको थियो। परिवारले उक्त अपार्टमेन्ट नछोड्दासम्म उनी त्यहीँ बसेका थिए। ३ वर्षको हुँदा उनको परिवार त्यहाँबाट अन्यत्रै सरको थियो।

सो भवन गेर्लिन्डे पोमरको थियो, जसको परिवार हिटलरको जन्म हुनुअघि दशकसम्म भवनको मालिक थियो। सन् १९७२ सम्म पनि त्यहाँको आन्तरिक मन्त्रालयले साइट भाडामा लिन सुरु गरेको थिएन। भवन विभिन्न दान र भाडामा लगाइएको थियो। यसको तीनतला सन् २०११ मा भाडामा बस्दै आएको अपांगता केन्द्र सरेपछि यो खाली छ ।

अस्ट्रिया सरकारले सन् २०१६ मा उक्त सम्पत्ति भत्काउने घोषणा गरेको थियो। त्यसमा पोमर परिवारले जबर्जस्ती अधिग्रहण गर्न थालेपछि मन्त्रालयले सम्पत्ति कब्जा गर्न विशेष कानुनी अधिकार मागेको थियो। त्यसपछि जफत र क्षतिपूर्तिबारे कानुनी झगडा भयो। सोही अवधिमा भवन भत्काउने योजना स्थगित गरिएको थियो।

साइट सुरक्षित गरेपछि अस्ट्रियाली सरकारलाई लाग्यो कि यसले नवनाजी र हिटलरको विचारधाराप्रति सहानुभूति राख्ने मानिसलाई आकर्षित गर्न सक्छ । सन् २०१९ मा यसलाई प्रहरी चौकीमा परिणत गर्ने निर्णय गर्दै अस्ट्रियाका तत्कालीन गृहमन्त्री वोल्फगाङ पेस्कोर्नले भने, ‘भविष्यमा प्रहरीले प्रयोग गर्ने भवनले राष्ट्रिय समाजवाद मनाउने काम गर्नेछैन ।’

यो भवन अस्ट्रियाको सबैभन्दा ठूलो मानव अधिकार संगठन र प्रहरी कार्यालय हुने छ। साथै मौलिक रुपमा महत्वपूर्ण विषयमा प्रशिक्षणको केन्द्र पनि हुने बताइएको छ । सन् २०२५ मा सम्पन्न हुने अपेक्षा गरिएको सो भवनलाई तालिम केन्द्र तथा प्रहरी कार्यालयमा परिणत गर्न दुई करोड अमेरिकी डलरभन्दा बढी लाग्नेछ। यद्यपि प्रहरी भने आगामी वर्ष त्यहाँ सर्ने बताइएको छ।

cnn

प्रतिक्रिया