चर्कियो रुसी आक्रमण

काठमाडाैं । रुसले युक्रेनी सहरहरूमा पुनः हवाई आक्रमण सुरु गरेको छ, जसमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार शुक्रवार बिहान २३ वटा मिसाइल प्रहार गरिएको थियो । तीमध्ये २१ मिसाइल र दुई आक्रमणकारी ड्रोन युक्रेनको वायु रक्षा प्रणालीले खसालेका थिए।
युक्रेनको उमान सहरको एउटा फ्ल्याटमा भएको आक्रमणमा एक बालकसहित ११ जनाको मृत्यु भएको छ भने निप्रो सहरमा एक महिला र उनको तीन वर्षीय छोरी यो आक्रमणमा मारिए ।
यसबिच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक ट्विटमा भनेका छन्, ‘यी आक्रमणहरूले रुसविरुद्ध अन्तर्राष्ट्रिय कारबाही हुनुपर्छ भन्ने देखाउँछ।
उनले ट्विटमा भनेका छन्, ‘खराबलाई हतियारले रोक्न सकिन्छ, हाम्रा सिपाहीहरूले गरिरहेका छन् र यसलाई प्रतिबन्ध लगाएर पनि रोक्न सकिन्छ, रुसमाथि थप अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनुपर्छ।
यसगरि बीबीसी न्युज युक्रेनका पूर्व पत्रकार ओलेक्सान्डर बोडारेन्कोको युक्रेनमा फ्रन्टलाइन ड्युटीमा रहँदा रु सी आक्रमणमा परेर मृत्यु भएको बताइएको छ ।
रु सी हमला शनिवार राति पनि जारिरहेको केही समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।



प्रतिक्रिया