भारत र चीनका बारेमा नेपालका परराष्ट्रमन्त्रीले के भने ?

नेपालखोज २०८० वैशाख १६ गते १०:१३

काठमाडाैं । नेपालका परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणमा भारत जाने कुरा बताएका छन् ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई दिएको एक अन्तर्वार्तामा उनले सरकारले आफ्ना छिमेकी मुलुक भारत र चीनसँग सम्बन्ध बढाउन प्राथमिकता दिने बताएका छन् । साउदले भनेका छन्, सरकारले दुवै देशसँग राम्रो सम्बन्ध कायम राख्नेछ र कुनै पनि छिमेकी देशसँगको सम्बन्धमा हानि पुग्ने कुनै पनि काम गर्ने छैन ।

उनले आफ्नो स्वार्थका लागि यी दुई छिमेकीलाई एकअर्काविरुद्ध प्रयोग पनि नगर्ने कुरा बताए । उनका अनुसार नेपालले दुवै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छैन भने आफ्नो आन्तरिक मामिलामा अरू कसैले हस्तक्षेप नगरोस भन्ने पनि चाहन्छ ।

पछिल्ला केही वर्ष विशेष गरी केपी शर्मा ओलीको पालामा नेपाल र भारतबिचको सम्बन्ध चिसिएको कुरा बताउँदै बिबिसीको हिन्दी अनलाइन लेख्छ -गत वर्षको अन्त्यमा भएको निर्वाचनपछि नेपालमा प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

प्रतिक्रिया