कांग्रेस नेता चन्द्र भण्डारी स्वदेश फर्कदै

काठमाडाैं । घरमै ग्यास लिक भए पछि गम्भीर घाइते भएका कांग्रेस नेता तथा संघीय सांसद डा.चन्द्र भण्डारी भोलि स्वदेश फर्कदै छन् । फागुन ४ गतेदेखि उनी भारतको मुम्बईमा उपचाररत थिए ।
फागुन ३ गते राति काठमाण्डौं बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा भण्डारी आफ्नि आमा हरिकला सगै गम्भीर घाइते भएका थिए ।
आमा हरिकला भण्डारीको अर्को दिन किर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको थियो भने सांसद भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्सबाट मुम्बई पुर्याइएको थियो ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कन लागेको कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिएका छन ।
भण्डारीको स्वास्थ्यमा सुधार आएको, बोल्न र हिँड्न थालेकोे न्यौपानेले जनाएका छन् । नेपाल आए पछि उनले घरमै बसेर फिजियोथेरापी तथा अस्पताल पुगेर घाउ ड्रेसिङ गराउनु पर्नेछ ।

प्रतिक्रिया