आइतबार, जेठ २६, २०८२

‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइयाे’

नेपालखोज २०८० वैशाख १६ गते १५:५५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई रकम दिने विषयमा अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १४औँ प्राज्ञसभा उद्घाटन गर्दै मन्त्री किरातीले अयोग्य लडाकुलाई रकम दिने निर्णय विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको उल्लेख गरे

उनले अयोग्य लडाकुले मुद्दा लडेर जितेर आएको विषय भएको र अदालतले गरेको फैसलालाई सरकारले अघि बढाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया