सोमबार, वैशाख २४, २०८१

सुनिलकाे ‘हेर यो मेरो मुटुमा’ सार्वजनिक (भिडियो)

नेपालखोज २०८० वैशाख १६ गते १६:०७

काठमाडौं । सुनिल थापा मगरको आवाजमा रहेको ‘हेर यो मेरो मुटुमा’ गीतको भिडियो रिलिज भएको छ । गीतको शब्द र सङ्गीत प्रमोद कोइरालाको रहेछ भने एरेन्ज भने प्रमोद परियारको रहेको छ ।

पी शाह र पूजा ठाकुरको अभिनय यस भिडियोमा देख्न सकिन्छ । मैथिली तथा भोजपुरी गीतहरूमा देखिने पूजाले अभिनय गरेको भने यो नेपाली गीत पहिलो हो । गीतको सुटिङ पोखरामा गरिएको हो ।

यसलाई छाँयाकार रुपेश थापाले खिचेका हुन् भने भिडियोको निर्देशनसमेत उनैले गरेका छन् । सम्पादन भने प्रबिन भट्टले गरेका हुन् ।

प्रतिक्रिया