आइतबार, जेठ २६, २०८२

अयोग्य लडाकु प्रकरण- प्रधानमन्त्रीको पुत्ला दहन

नेपालखोज २०८० वैशाख १६ गते १८:२९

काठमाडौं । लडाकूको नाममा अर्बौं घोटला गर्न खोजेको भन्दै सरकारविरूद्ध नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ।

काठमाडौंको नयाँ बानेश्वरमा शनिबार दुई लाख दिने गृह मन्त्रालयको कार्यविधि खारेजीको माग राख्दै पुत्ला दहन गरेकाे हो ।

अयोग्य लडाकूलाई २ लाख दिने सरकारको निर्णयको क्रममा उनीहरूले लडाकूको नाममा अर्बौं घोटला गर्न खोजेको भन्दै सरकारविरूद्ध नाराबाजी गरेका थिए । लडाकूलाई रकम दिन ल्याइएको कार्यविधि खारेज नभएसम्म आफूहरूले प्रदर्शन नरोक्ने चेतावनि दिएका छन् ।

‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बौं रकम खन्याउने, लडाकूको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौं घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ,’ उनिहरुले भने ।

प्रतिक्रिया