सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह
नेपालखोज
२०८० वैशाख १६ गते १८:५७

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गरेकL छन् । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो आग्रह गरे
सरकारका प्रवक्ता शर्माले सरकारले छोटो समयमै महत्त्वपूर्ण काम गरेको दाबी गरिन् । सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गतको ज्येष्ठ नागरिक भत्ता कटौती गर्ने विषयमा सोच्नै नसक्ने भन्दै उनले सरकारलाई बदनाम गराउन खोजिएको बताइन् ।
माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेकी मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनतासामु लैजान र जनताका समस्या सरकारसम्म ल्याउन पनि आग्रह गरिन् ।
सम्बन्धित
प्रतिक्रिया