रास्वपा संसदीय दलका नेताबाट अर्यालले दिए राजीनामा
नेपालखोज
२०८० वैशाख १६ गते २०:१९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति समेत रहेका सांसद डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्।
शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् ।
आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ। अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्।
सोमबार बस्ने संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नेछ।
चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए। शपथ लिएसँगै शुक्रबार नै उनी प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए।

सम्बन्धित
प्रतिक्रिया