सोमबार, वैशाख २४, २०८१

सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम

नेपालखोज २०८० वैशाख १६ गते २०:२८

कास्की । पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन्।

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा पोखरा सभागृह हलमा भएको फाइनलमा उनले दुई सय ८९ दशमलव पाँच नम्बर पाएका थिए ।

प्रथम भएको गोविन्दले उपाधिसहित ३५ हजार र प्रमाणपत्र प्राप्त गरे। द्वितीय भएक बागलुङका राजेश गन्धर्वले दुई सय ८७ दशमलव पाँच र तृतीय भएका कास्कीकै विमल गायकले दुई सय ८२ अङ्क प्राप्त गरे।

राजेशले २५ हजार र विमलले रु १५ हजार पुरस्कार पाए। दुई सय ८१ अङ्क ल्याउँदै गोरखका सुमन गन्धारी चौथो भए । उनले सात हजार पाँच सय पुरस्कार हात पारे। प्रतियोगितामा प्रोत्साहन पुरस्कारस्वरुप तनुहँकी अरुणा गन्धर्वले दुई हजार पाँच सय पाइन् ।

विजेतालाई संस्कृतविद् डा. जगमान गुरुङ, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया