शनिबार, वैशाख २९, २०८१

सापकोटालाई अभिनयमा एकपछि अर्को सफलता

‘चिरा पर्‍या छ’ पछि आयो अर्को मन छुने गीत ‘बहिनी’

नेपालखोज २०७७ कार्तिक ४ गते १०:४१

काठमाडौं । अभिनय भनेको एउटा कला हो । त्यही अभिनय गर्न सक्ने क्षमता भएका मानिसलाई नै कलाकार भनिन्छ । कलाकार बन्ने धोको यहाँ धेरैको हुन्छ । तर कलाकारिता क्षेत्र एउटा यस्तो महासागर हो जसले यो महासागरमा तैरिन जान्यो उ कलाकार बन्यो जसले सकेन उ डुब्यो ।

कलाकारिता क्षेत्रमा यस्ता कैयौँ नाम छन जुन छोटो समयमा आफुलाई अभिनयमा अब्बल बनाउन सक्षम हुन्छन् । आफ्नो अभिनयको कलाले दर्शकको मन मष्तिस्कमा स्थान बनाउन सक्ने व्यक्ति नै बास्तवमा कलाकार हो । यस्तैमा छोटो समयमा आफ्नो अभिनयको जादूले दर्शक स्रोताको मन अनि मष्तिस्कमा स्थान बनाउन सफल कलाकार बनेका छन् चिरञ्जिवी सापकोटा । कलाकार सापकोटाले कलाकारिता क्षेत्रमा छोटो समयमा एकपछि अर्को सफलता हात पारेका छन् । रंग पत्रकारितासँगै कलाकारितामा जम्दै गएका चिरञ्जिवी सापकोटा ‘चिरा पर्‍या छ’ गीतको अभिनयबाट सर्वत्र चर्चा पछि ‘बहिनी’ बोलको गीतबाट पनि चर्चा कमाइ रहेका छन् ।

सापकोटाद्वारा अभिनित गीत ‘बहिनी’ भर्खरै सार्वजनिक भएको हो। यस गीतमा उनले गरेको अभिनयको पनि निकै चर्चा भइरहेको छ । एसथ्रीके इन्टरटेन्मेन्टको प्रस्तुत गरेको यो गीत निकै कारुणिक छ। गीतमा बहिनीसँग बिछोडिएका सापकोटालाई वक्षिप्त अवसथामा देख्न सकिन्छ। उनकी बहिनीको रुपमा बहिरा कलाकार सुजल बम देखिएकी छन्। यस्तै गीतमा समीक्षा पोखरेल, दिनेश कठायत, अर्जन विकलगायत कलाकारको भूमिका देख्न सकिन्छ। १३ मिनेट बढी समयको उक्त भिडियोमा परिवारमा बहिनीसँगको घुलमिलदेखि अन्य विषयलाई समेटिएको छ।

भिडियो परिकल्पना तथा शब्द सतिश अधिकारीको रहेको छ। स्वर, संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाइलीको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुुन्। लामो समय पत्रकारिता गरेका सापकोटा पछिल्लो समय कलाकारितामा बढी सक्रिय देखिन्छन्। कोरोना भाइरस माहामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा जारी गरिएको लकडाउनका बेला गायनबाट कलाकारिता यात्रा सुरु गरेका सापकोटा म्युजिक भिडियोमा अब्बल अभिनय गर्न सक्ने कलाकारका रुपमा परिचित हुँदै गएका छन्।

उसो त उनी अहिले मात्रै कलाकार भएका भने होइनन्। सानैदेखि विभिन्न सडक नाटकमा सहभागी हुँदै आएका थिए। उनले केही समयको अन्तरालमै दर्जनौं गीतमा अभिनय गरिसकेका छन्। आफ्नै आवाजमा पनि केही गीत सार्वजनिक गरिसकेका थिए। यसअघि लकडाउनमै उनको आवाजमा ‘भाग कोरोना’, ‘जात’ र ‘इतिहास’ बोलका गीत सार्वजनिक भएका थिए। त्यसपछि उनले अभिनय गरेको ‘चिरा पर्‍या छ’ बोलको गीत लोकप्रिय बनेको थियो।

प्रतिक्रिया