सोमबार, वैशाख २४, २०८१

कोलकाता ७ विकेटले पराजित

नेपालखोज २०८० वैशाख १६ गते २०:३३

काठमाडौं । आपीएलमा रहेकाे शीर्षस्थानको गुजरात टाइटन्सले आज भएको कोलकाता नाइट राइर्डसविरुद्ध विजयी भएको छ । शनिबारको पहिलो खेलमा गुजरातले कोलकातालाई सात विकेटले पराजित गरेको छ ।

कोलकाताले दिएको १८० रनको लक्ष्य गुजरातले १३ बल बाँकी छँदै तीन विकेट गुमाएर भेट्टाएको हो । गुजरातलाई जित दिलाउन विजय शंकरले अविजित ५१ र डेबिड मिलरले अविजित ३२ रन बनाए ।

त्यस्तै सुभमन गिलले ४९, कप्तान हार्दिक पाड्याले २६ र ऋद्दिमन शाहले १० रनको योगदान गरे । कोलकाताका लागि सुनिल नाराइन, आन्द्रे रशेल र हर्षित रानाले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७९ रन बनाएको थियो । कोलकाताका लागि रमनउल्लाह गुरबाचले सर्वाधिक ८१ रन बनाएका थिए । उनले ३९ बलमा पाँच चौका र ७ छक्काको मद्दतले ८१ रन बनाएका हुन् ।

त्यस्तै आन्द्रे रशेलले ३४, नारायण जगादिसन र रिंकु सिंहले समान १९ रनको योगदान गरे । त्यस्तै भेकटेस अय्यरले ११ रनको योगदान गर्दा डेविड विसीले अविजित ८ रन बनाए ।

गुजरातका लागि मोहम्मद सामीले तीन तथा जोश लिट्ले र नुर अहम्मदले समान दुई दुई विकेट लिए ।

प्रतिक्रिया