मंगलबार, जेठ १, २०८१

शहिद स्मारक ‘ए’ डिभिजन : आज तीन खेल हुने

नेपालखोज २०७८ माघ २९ गते १२:०७

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) दशौँ चरणको खेल हुँदैछ । दशौं चरणअन्तर्गत आज तीन खेल हुने भएको छ । मछिन्द्र एफसी र च्यासल युथ क्लबबीच दिउँसो १ बजेदेखि खेल हुनेछ ।

खेल दशरथ रंगशालामा हुनेछ । अंकतालिकामा मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । च्यासल अन्तिम स्थानमा छ ।
दोस्रो खेल मनाङ मस्र्याङ्दी र थ्रीस्टारबीच अपरा्न पौने ५ बजे हुनेछ । अंकतालिकामा मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ । थ्रीस्टार १६ अंक जोड्दै चौथो स्थानमा छ ।

यस्तै ‘ए’ डिभिजनको तेस्रो खेल विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने भएको छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया