सोमबार, वैशाख २४, २०८१

आईपीएल : हैदराबादले दिल्ली क्यापिटल्सलाई हरायाे

नेपालखोज २०८० वैशाख १७ गते ५:२८

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो । 

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । हेनरिक क्लेसनले २७ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए । 

आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद १० टोली सहभागी यस लिगको आठौं स्थानमा उक्लिएको छ । आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ ।

प्रतिक्रिया