अमेरिकामा गोली चल्दा ५ जनाको मृत्यु
नेपालखोज
२०८० वैशाख १७ गते ६:१८

अमेरिका । अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले आठ वर्षीय बालकसहित पाँच जनाको हत्या गरेका छन् भने दुई महिलाको शव मुनिबाट दुई बालबालिकालाई सकुशल निकालिएको प्रहरीले एबीसी न्यूजलाई बताएको छ ।
यो घटना क्लिभल्याण्डको हो। स्थानीय प्रहरी अधिकारीहरुका अनुसार संदिग्ध मेक्सिकोका मानिस हुन्, जोसँग अर्ध-स्वचालित राइफल छ । उक्त व्यक्ति फरार भएको बताईएको छ । उनले एउटा घरमा पसेर गोली प्रहार गरेका थिए ।
मारिने सबै होन्डुरसका भएको बताइएको छ । उनिहरुको परिचय वा बन्दुकधारीसँग उनिहरुको सम्बन्धका बारेमा कुनै जानकारी उपलब्ध भैसकेको छैन । केही दिनअघि वेस्टर्न टेक्सासमा एक पार्टीका क्रममा गोली चल्दा नौ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया