नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने
नेपालखोज
२०८० वैशाख १७ गते ७:१०

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कन लागेका हुन् ।
उनी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन । नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए ।
सम्बन्धित
प्रतिक्रिया