मंगलबार, वैशाख २५, २०८१

एसीसी प्रिमियम कपमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा

नेपालखोज २०८० वैशाख १७ गते ७:२०

काठमाडाैं । एसीसी प्रिमियम कपमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानका लागि ओमान र कुवेतबीचको विजेताले पनि एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछन् । आजको खेलमा हिजोको सेमिफाइनलमा नेपालसँग पराजित कुवेत तथा संयुक्त अरब इमिरेट (युएई)सँग पराजित ओमानले एक अर्काको सामना गर्नेछन् ।

तेस्रो स्थानका लागि किर्तिपुर क्रिकेट मैदानमा अहिले बिहान सुरु हुने यो खेल पनि वर्षाका कारण बाधित हुनसक्ने प्रवल सम्भावना छ ।

डकवर्थ लुईस मेथड अनुसार हिजो यूएईसँग २ रनले पराजित ओमानले तेस्रो स्थानका लागि आफनो सम्पुर्ण मेहनत खर्चिने छ भने हिजै नेपालसँग बरियताका आधारमा पराजित कुबेत यो प्रतियोगितामा नपत्याउँदो रुपमा हङकङलाई पराजित गर्दै सेमिफाइनल पुगेको टिम हो ।

प्रतिक्रिया